BIZMANDU
www.bizmandu.com

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा १९.९८ प्रतिशतले गिरावट, कमायो ९८.७३ करोड

२०८३ साउन ७

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा १९.९८ प्रतिशतले गिरावट, कमायो ९८.७३ करोड
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा १९.९८ प्रतिशतले गिरावट, कमायो ९८.७३ करोड


काठमाडौं। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नाफा घटेको छ। गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा १९.९८ प्रतिशतले खुम्चिएर ९८ करोड ७३ लाख रुपैयाँमा सीमित भएको हो।

Tata
GBIME

अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब २३ करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो।

कर्जा नोक्सानीमा बढोत्तरी र ब्याज आम्दानी खुम्चिंदा नाफा प्रभावित भएको हो। ब्याज आम्दानी २३.८९ प्रतिशत घटेर १ अर्ब ४४ करोडमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब ९० करोड ब्याज आम्दानी गरेको थियो।

बैंकले कर्जा नोक्सानीका लागि २१ करोड २७ लाख रुपैयाँ छुट्याएको छ। बैंकको कुल कर्जा २४ अर्ब ९४ करोड रुपैयाँबाट बढेर ३१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।

बैंकको कस्ट अफ फण्ड ६.५१ प्रतिशतबाट घटेर ६.४६ प्रतिशतमा झरेको छ। बैंकको प्रति सेयर आम्दानी ४.५७ रुपैयाँ र प्रति सेयर नेटवर्थ ११७.२२ रुपैयाँ छ।