BIZMANDU
www.bizmandu.com

करेन्ट लागेर दुवै हात गुमाएका बालकलाई क्षतिपूर्ति, प्राधिकरणले पौने १६ लाख दिने

२०८३ साउन ७

करेन्ट लागेर दुवै हात गुमाएका बालकलाई क्षतिपूर्ति, प्राधिकरणले पौने १६ लाख दिने
करेन्ट लागेर दुवै हात गुमाएका बालकलाई क्षतिपूर्ति, प्राधिकरणले पौने १६ लाख दिने


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले करेन्ट लागेर दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित पौने १६ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ।

Tata
GBIME

प्राधिकरणले नवलपरासीको त्रिवेणी गाउँपालिका-२ घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको हो।

प्राधिकरण सञ्चालक समितिको बैठकले बालकलाई रकम दिन स्वीकृति प्रदान गरेको छ। आमा समूहको भवनको छतमा खेलिरहेका बेला नजिकै रहेको ११ केभी प्रसारण लाइनको तार छुँदा बालकलाई करेन्ट लागेको थियो।

स्वीकृत रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।

प्राधिकरणको दुर्घटना क्षतिपूर्ति विनियमावलीमा‍ १० लाखभन्दा बढीको क्षतिपूर्ति रकम सञ्चालक समितिले स्वीकृत गर्नुपर्ने व्यवस्था छ।