BIZMANDU
www.bizmandu.com

सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन तोलाको २ लाख ९१ हजार ३ सय रुपैयाँ, चाँदी कति?

२०८३ साउन ७

सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन तोलाको २ लाख ९१ हजार ३ सय रुपैयाँ, चाँदी कति?
सुनचाँदीको मूल्यमा बढोत्तरी, सुन तोलाको २ लाख ९१ हजार ३ सय रुपैयाँ, चाँदी कति?

काठमाडौं। सुनचाँदीको मूल्य लगातार बढिरहेको छ। अघिल्लो दिनको भन्दा बिहीबार सामान्य बढोत्तरी छ। सुन तोलामा ३ सय रुपैयाँ बढेको छ भने चाँदी २५ रुपैयाँले महँगिएको छ।

Tata
GBIME

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९१ हजार ३ सय रुपैयाँ भएको छ।

यसअघि एकैदिन ५ हजार ४ सय रुपैयाँ बढेर बुधबार तोलाको २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुन प्रति तोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर प्रति तोला ४ हजार ५०५ रुपैयाँ पुगेको छ। बुधबार तोलाको ४ हजार ४ सय ८० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रति औंस ४१२७.२९ डलर र चाँदी ५९.८४ डलरले कारोबार भइरहेको छ। बुधबार सुन प्रति औंस ४१२५.५२ डलर र चाँदी ५९.६२ डलर थियो।