BIZMANDU
www.bizmandu.com

बुद्ध एयर धमाधम जहाज थप्दै, फ्रान्सबाट १० वर्ष पुरानो एटीआर ७२-६०० शनिबार ल्याउने

२०८३ साउन ६

बुद्ध एयर धमाधम जहाज थप्दै, फ्रान्सबाट १० वर्ष पुरानो एटीआर ७२-६०० शनिबार ल्याउने
बुद्ध एयर धमाधम जहाज थप्दै, फ्रान्सबाट १० वर्ष पुरानो एटीआर ७२-६०० शनिबार ल्याउने

काठमाडौं। बुद्ध एयरले एटीआर ७२-६०० जहाज भित्र्याउन लागेको छ। यो वायुसेवा प्रदायक कम्पनीले ७२ सिटको एटीआर जहाज फ्रान्सबाट ल्याउन लागेको हो।

Tata
GBIME

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जहाज शनिबार काठमाडौं आइपुग्ने जानकारी दिए। कम्पनीले ६ महिनाअघि नै जहाज ल्याउने प्रक्रिया अगाडि बढाएको थियो।

जोशीका अनुसार नेपाली पाइलट तालिममा रहेकाले विदेशी पाइलटको टोलीले जहाज ल्याउने तयारी छ।

उनले कम्पनीसँग अहिले रहेका जहाजको तुलनामा एटीआर ७२-६०० धेरै एडभान्स्ड भएको बताए। जहाज १० वर्ष पुरानो हो। बुद्धसँग अहिले एटीआर ७२-५०० जहाज १५ वटा छन्।

एटीआर ७२-६०० जहाज आएपछि प्रमुख आन्तरिक गन्तव्यमा उडान संख्या बढाउने योजना रहेको जोशीले जानकारी दिए। कम्पनी २० दिनभित्र अर्को जहाज पनि ल्याउने तयारीमा छ।