काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्यमा ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाहसँगको परामर्शपछि वाग्लेले बुधबार मन्त्रिस्तरीय निर्णय गरेर समता शुल्क खारेज गर्ने निर्णय गरेका हुन्। मन्त्री वाग्लेले शुल्क खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेका छन्। मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री कार्यालयमा बसिरहेको छ।
बजेटमार्फत घोषणा गरिएको शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएकामा चौतर्फी आलोचनापछि प्रधानमन्त्री बालेनले मंगलबार सामाजिक सञ्जालमार्फत फिर्ता लिने घोषणा गरेका थिए।
आर्थिक ऐन २०८३ को दफा १८ मा मन्त्रिपरिषद्को निर्णयमा शुल्क खारेज गर्न सकिने व्यवस्था छ।