BIZMANDU
www.bizmandu.com

काभा पुरुष भलिबलको पहिलो खेलमै नेपाल काजाकिस्तानसँग पराजित

२०८३ साउन ६

काभा पुरुष भलिबलको पहिलो खेलमै नेपाल काजाकिस्तानसँग पराजित
काभा पुरुष भलिबलको पहिलो खेलमै नेपाल काजाकिस्तानसँग पराजित


काठमाडौं। काभा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो खेलमै नेपाल पराजित भएको छ। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा नेपाल पाँचौँ सेटसम्म पुगेर काजकिस्तानसँग पराजित भएको हो।

Tata
GBIME

पाकिस्तानको इस्लामबादमा सम्पन्न प्रतियोगिताको पहिलो खेलमा नेपालले काजाकिस्तानसँग ३–२ को सेटमा हार ब्यहोर्न पुग्यो।

खेलमा सुरुआतका दुवै सेट गुमाएको नेपालले तेस्रो सेट ३४–३२ ले आफ्नो पक्षमा पार्दै पुनरागमन गरेको थियो। चौथो सेटमा पनि २५–१८ ले जित निकाल्दै खेललाई पाँचौं सेटमा धकेलिएको थियो।

त्यसपछि पाँचौं सेटमा नेपाल १५–९ ले पराजित हुँदै पहिलो खेलमा हार ब्यहोरेको हो। त्यसअघि पहिलो सेट २५–१९ र दोस्रो २५–२१ ले पराजित भएको थियो।

प्रतियोगितामा नेपालसहित ६ टोलीको सहभागिता रहेको छ।