BIZMANDU
www.bizmandu.com

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ४ जना पक्राउ

२०८३ साउन ६

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ४ जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ४ जना पक्राउ


काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

GBIME
Tata

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१७ बस्ने ३२ वर्षीया पूजा शाही, सप्तरीको बोदेबरसाईन नगरपालिका-३ घर भएका २० वर्षीय दीपक साह, सर्लाहीको बसबरीया गाउँपालिका-३ का ४१ वर्षीय जय मंगल प्रसाद निसाद र रामेछापको मन्थली नगरपालिका-३ की ३७ वर्षीया मिना श्रेष्ठ खत्री छन्।

पूजाले बेलायत पठाइदिने भन्दै १७ लाख रूपैयाँ, दीपकले फ्रान्स पठाइदिने भन्दै ५ लाख रूपैयाँ, जय मंगलले ब्रुनाई पठाइदिने भन्दै ४ लाख ३८ हजार रूपैयाँ र मिनाले यूएई पठाइदिने भन्दै ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभाग पठाइएको छ।