काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले नाफा बढाएको छ। बैंकले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो वर्षको तुलनामा नाफा ४६.६९ प्रतिशतले बढाएको हो। बैंकले गत आर्थिक वर्ष ८८ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको छ।
अघिल्लो आर्थिक वर्ष बैंकले ६० करोड ६६ लाख रुपैयाँ खुद नाफा गरेको थियो।
ब्याज आम्दानी वृद्धि र कर्जा नोक्सानीमा सुधार हुँदा बैंकको नाफा बढेको हो। बैंकको ब्याज आम्दानी १६.८३ प्रतिशत बढेको छ। बैंकले गत वर्ष २ अर्ब ४२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्ष बैंकले २ अर्ब ७ करोड ब्याज आम्दानी गरेको थियो।
बैंकले प्रोभिजनिङबापत ९ करोड १३ लाख रुपैयाँ छुट्याएको छ।
प्रोभिजनिङ घटे पनि बैंकको खराब कर्जा भने बढेको देखिन्छ। अघिल्लो आर्थिक वर्ष ५.५२ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ६.८७ प्रतिशत पुगेको छ।
बैंकको वितरणयोग्य मुनाफा ४९ करोड २३ लाख रुपैयाँ छ। यसलाई आधार मान्दा बैंकको लाभांश क्षमता १३.१९ प्रतिशत देखिन्छ। बैंकले असार मसान्तसम्म निक्षेप ५६ अर्ब ९२ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जा ४५ अर्ब ८७ करोड रुपैयाँ प्रवाह गरेको पुगेको छ।
निरन्तर घट्दै आएको निक्षेपको ब्याजदरका कारणढ बैंकको ‘कस्ट अफ फण्ड’ ३.५४ प्रतिशतमा झरेको छ। यसैगरी आधार दर ५.५७ प्रतिशत कायम भएको छ।