BIZMANDU
www.bizmandu.com

४४औँ बीपी स्मृति दिवसको अवसरमा कांग्रेसले आयोजना गर्‍यो ‘ग्रीन रन’ (तस्बिरहरू)

२०८३ साउन ६

४४औँ बीपी स्मृति दिवसको अवसरमा कांग्रेसले आयोजना गर्‍यो ‘ग्रीन रन’ (तस्बिरहरू)
४४औँ बीपी स्मृति दिवसको अवसरमा कांग्रेसले आयोजना गर्‍यो ‘ग्रीन रन’ (तस्बिरहरू)


काठमाडौं। ४४औँ बीपी स्मृति दिवसको अवसरमा बुधबार बिहान ‘ग्रीन रन’ आयोजना गरिएको छ।

Tata
GBIME

‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा सहभागीहरू ललितपुरको यूएन पार्कदेखि जावलाखेलसम्म दौडिएका छन्। दौडमा कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा पनि उपस्थित थिए।

जलवायु परिवर्तनप्रति सचेतना फैलाउने उद्देश्यका साथ आयोजित कार्यक्रममा विभिन्न उमेर समूहका व्यक्तिहरू उपस्थित थिए। हरियाली संरक्षण र वातावरणप्रतिको जिम्मेवारीको सन्देश बोकेको दौडले जावलाखेल क्षेत्रलाई बिहानैदेखि ऊर्जा र उत्साह भरेको थियो।

दौडसँगै वृक्षारोपण कार्यक्रम पनि गरिएको छ। कार्यक्रममा लाइभ पेन्टिङमार्फत वातावरण संरक्षणका सन्देशलाई सिर्जनात्मक रूपमा प्रस्तुत गरिएको थियो।

जावलाखेलमै आयोजित ‘क्लाइमेट टक शो’ मा जलवायु परिवर्तनका चुनौती, समाधान र नागरिकको भूमिकाबारे पनि छलफल गरिएको थियो।

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा वातावरण संरक्षण, हरित विकास र जनचेतना अभिवृद्धिको सन्देशलाई विशेष प्राथमिकता दिइएको थियो।