BIZMANDU
www.bizmandu.com

मेची भन्सारले गत आर्थिक वर्षमा संकलन गर्‍यो १७ अर्ब ६७ करोड राजस्व, ११ प्रतिशत वृद्धि

२०८३ साउन ६

मेची भन्सारले गत आर्थिक वर्षमा संकलन गर्‍यो १७ अर्ब ६७ करोड राजस्व, ११ प्रतिशत वृद्धि
मेची भन्सारले गत आर्थिक वर्षमा संकलन गर्‍यो १७ अर्ब ६७ करोड राजस्व, ११ प्रतिशत वृद्धि


भद्रपुर। पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय काँकरभिट्टाले गत आर्थिक वर्ष २०८२/८३ मा १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

Tata
GBIME

यो अघिल्लो आव २०८१/८२ को तुलनामा १ अर्ब ७४ करोड ६० लाख ४५ हजार रुपैयाँ बढी हो। यससँगै कार्यालयको राजस्व संकलनमा करिब ११ प्रतिशत वृद्धि भएको देखिएको छ।

यद्यपि, राजस्व असुलीमा वृद्धि भए पनि कार्यालयले वार्षिक लक्ष्य भने पूरा गर्न सकेन। आव २०८२/८३ का लागि कार्यालयलाई १८ अर्ब ८७ करोड ७४ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिइएको थियो। तर, कार्यालयले लक्ष्यको करिब ९३ प्रतिशत हासिल गरेको मेची भन्सार कार्यालयले जनाएको छ।

यसअघि आव २०८१/८२ मा मेची भन्सार कार्यालयले १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो। त्यसको तुलनामा पछिल्लो आवमा राजस्व असुली उल्लेखनीय रूपमा बढेको हो।

मेची भन्सार कार्यालय पूर्वी नेपालको प्रमुख आयात/निर्यात नाकामध्ये एक हो। यस नाका हुँदै पूर्वी नेपालमा उत्पादित चिया, अलैँची, अदुवा, अम्रिसोको कुचो, छुर्पी लगायत कृषिजन्य वस्तु निर्यात हुने गरेका छन्।

त्यसैगरी पेट्रोलियम पदार्थ, लत्ताकपडा, रासायनिक पदार्थ तथा विभिन्न औद्योगिक सामग्री आयात हुने गरेको छ। रासस