काठमाडौं। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि आठ जनाको नाम सर्टलिष्ट भएको छ। कार्यकारी अधिकृत नियुक्तिको सचिवालयले मंगलबार आवेदन दिएकामध्ये आठ जनाको नाम प्रस्तुतीकरणका लागि सार्वजनिक गरेको हो।
सचिवालयका अनुसार सर्टलिष्टमा सुमनमानसिंह बस्न्यात, जितेन्द्र धिताल, डा. मुकुन्द प्रसाद पौड्याल, डा. सरोज कोइराला, याङकी उक्याव, बखतबहादुर शाही, मनोज पौडेल र मधुप्रसाद भेटुवाल छन्।
अर्थ मन्त्रालयमा साउन ७ र ८ गते उनीहरुको अन्तर्वार्ता हुनेछ। अन्तर्वार्ताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ।