BIZMANDU
www.bizmandu.com

दिल्लीमा धर्ना बसेका राहुल गान्धीलाई प्रहरीले उठाएर लग्यो, मागेका थिए मोदीको राजीनामा

२०८३ साउन ५

दिल्लीमा धर्ना बसेका राहुल गान्धीलाई प्रहरीले उठाएर लग्यो, मागेका थिए मोदीको राजीनामा
दिल्लीमा धर्ना बसेका राहुल गान्धीलाई प्रहरीले उठाएर लग्यो, मागेका थिए मोदीको राजीनामा

काठमाडौंं। भारतका विपक्षी दलका नेता राहुल गान्धी पक्राउ परेका छन्। दिल्लीमा प्रधानमन्त्री निवास बाहिर धर्नामा बसेका उनलाई प्रहरीले उठाएर प्रदशर्नस्थलबाट लगेको हो।

Tata
GBIME

राहुलसँगै प्रियंका गान्धी र अखिलेश यादवलाई पनि प्रहरीले हिरासतमा लिएको छ। अन्य विपक्षी दलका नेताहरु पनि पक्राउ परेका छन्।

निट पेपर लिकको विषयमा सरकारसँग प्रश्न गर्दै उनीहरु प्रधानमन्त्री निवास बाहिर धर्नामा बसेका थिए। उनीहरुले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा मागेका छन्।

विपक्षी दलसँगै कक्रोज जनता पार्टी र सोनाम वाङचुक पनि यही विषयलाई लिएर आन्दोलनरत छन्।

हिजो प्रहरी र युवाहरुबीच दिल्लीमा झडप भएपछि आज राहुल गान्धी सहितका नेताहरु नै सडकमा ओर्लिएका हुन्। राहुलले प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा पनि मागेका छन्।