BIZMANDU
www.bizmandu.com

क्यानका पूर्वमहानिर्देशक अधिकारीविरुद्ध अर्को मुद्दा, घुस रकमबाट १३ आना जग्गा खरिद

२०८३ साउन ५

क्यानका पूर्वमहानिर्देशक अधिकारीविरुद्ध अर्को मुद्दा, घुस रकमबाट १३ आना जग्गा खरिद
Pradip Adhikari-CAAN-bizmandu


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक प्रदीप अधिकारीविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर भएको छ।

Tata
GBIME

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीविरुद्ध घुस र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा मुद्दा दायर गरेको हो। उनीसँगै घुस दिने गायत्री निर्माण कम्पनीका प्रमुख प्रकाश ढकालविरुद्ध पनि मुद्दा दायर गरिएको छ।

अधिकारी र ढकालविरुद्ध अख्तियारले १ करोड ७१ लाख रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो। अधिकारीले क्यानको महानिर्देशक छँदा विभिन्न ठेक्का स्वीकृत, रेखदेख लगायतमा सहजीकरण गरेको भन्दै कम्पनीका प्रमुख ढकालबाट घुस रकम बुझेको देखिएको अख्तियारको दाबी छ।

अधिकारीले ललितपुरमा १३ आना जग्गा खरिद गरी त्यसको लिखित थैली ९१ लाख रुपैयाँ बनाएर पत्नी र आफ्नो नामको बैंक खाताबाट भुक्तानी गरेका थिए। तर वास्तविक रकम भने कम्पनीका ढकालले तिरेको देखिएको अख्तियारले बताएको छ।

अधिकारी नलिन्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको मुद्दामा अहिले पुर्पक्षका लागि थुनामा छन्।