BIZMANDU
www.bizmandu.com

पासपोर्ट छपाइको भ्रष्टाचार मुद्दामा परराष्ट्रका उपसचिव पोखरेल पनि धरौटीमा छुटे

२०८३ साउन ५

पासपोर्ट छपाइको भ्रष्टाचार मुद्दामा परराष्ट्रका उपसचिव पोखरेल पनि धरौटीमा छुटे
पासपोर्ट छपाइको भ्रष्टाचार मुद्दामा परराष्ट्रका उपसचिव पोखरेल पनि धरौटीमा छुटे

काठमाडौं। विशेष अदालतले पासपोर्ट छपाइ सम्बन्धी भ्रष्टाचार मुद्दामा परराष्ट्र मन्त्रालयका उपसचिव शत्रुध्न प्रसाद शर्मा पोखरेललाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

Tata
GBIME

विषेश अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल र विदुर कोइरलाको इजलासले पोखरेललाई धरौटीमा रिहा गर्न मंगलबार आदेश गरेको हो। पोखरेलसँग ३ लाख रुपैयाँ धरौटी मागिएको छ। उनी विदेशी नियोगमा कार्यरत भएकाले मंगलबार मात्र अदालतमा उपस्थित भएका थिए।

प्रधानमन्त्री बालेन्द्र शाहको दबाबमा असार ८ गते मुद्दा दायर गरिएका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जना अदालतको आदेशमा असार १५ गते नै रिहा भइसकेका छन्।

अदालतले महानिर्देशक अर्याल र पासपोर्टको ठेक्का पाएको जर्मन कम्पनीका नेपाली एजेन्ट मणिन्द्रराज मल्लसँग ५/५ लाख रुपैयाँ धरौटी मागेको थियो।