काठमाडौं। सेयर बजार लगातार ६ दिन बढेको छ। नेप्से परिसूचक मंगलबार ७.२५ अंक उकालो लागेर २७२६.४९ विन्दुमा पुगेको छ।
कारोबारमा आएका बैंकिङ, इन्भेष्टमेन्ट, उत्पादन,अन्य र व्यापार उपसमूहले बजार बढाएका हुन्। व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.८८ प्रतिशत बढेको छ।
बजारमा १०३ कम्पनीको सेयर मूल्य बढेको छ। हालै आइपीओ जारी गर्दै दोस्रो बजार कारोबारमा आएको कम्पनी एभरेष्ट कलरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।
सूचकसँगै सेयर कारोबार रकम बढेको छ। सोमबार ५ अर्ब ५१ करोड रुपैयाँको सेयर कारोबार भएकामा मंगलबार बढ्दै ६ अर्ब ६७ करोड १० लाख रुपैयाँको किनबेच भएको छ।
रिडीपावर कम्पनीको सबैभन्दा धेरै ५५ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। यस्तै,आँखु खोला जलविद्युत कम्पनीको ३१ करोड ३७ लाख र रिलायन्स स्पिनिङको २७ करोड ३४ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
बजारमा सेयरमूल्य घटेका १६२ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। १२ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।