BIZMANDU
www.bizmandu.com

लालीगुराँसका ३५ र तपाइँ हाम्रो सहकारीका ९० साना बचतकर्ताले फिर्ता पाए पैसा

२०८३ साउन ५

लालीगुराँसका ३५ र तपाइँ हाम्रो सहकारीका ९० साना बचतकर्ताले फिर्ता पाए पैसा
लालीगुराँसका ३५ र तपाइँ हाम्रो सहकारीका ९० साना बचतकर्ताले फिर्ता पाए पैसा

काठमाडौं। लालीगुराँस र तपाइँ हाम्रो सहकारीका साना बचतकर्ताको पैसा फिर्ता भएको छ।

Tata
GBIME

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारीका ३५ र तपाइँ हाम्रो सहकारीका ९० जना बचतकर्ताको पैसा फिर्ता गरेको भूमि व्यवस्थामन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ।

मन्त्री रावलको सचिवालयका अनुसार समितिले ऋण असुलीबाट प्राप्त भएको रकम साना बचतकर्तालाई फिर्ता गरेको हो।

समस्याग्रस्त सहकारी संस्थाको ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकमबाट सम्बन्धित सहकारीका बचतकर्तालाई पैसा फिर्ता गर्ने काम निरन्तर अगाडि बढिरहेको समितिले जनाएको छ।