काठमाडौं । मंगलबार पनि सुन र चाँदीको मूल्य उकालो लागेको छ। अघिल्लो दिनको भन्दा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य आज प्रति तोला २ लाख ८५ हजार ६०० रुपैयाँ निर्धारण भएको छ। सोमबार सुन तोलामा ६०० रुपैयाँ बढेर प्रति तोला २ लाख ८४ हजार ६०० रुपैयाँ थियो। आइतबार सुनको कारोबार मूल्य २ लाख ८४ हजार रुपैयाँ थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेर तोलाको ४ हजार ३७० रुपैयाँ पुगेको छ। चाँदीको भाउ आज तोलामा ५० रुपैयाँले बढेको हो। सोमबार चाँदी प्रति तोला ४ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस ४०५६.९६ डलर छ। चाँदी प्रति औंस ५८.०४ डलर पुगेको छ।