BIZMANDU
www.bizmandu.com

सिटिजन लाइफ इन्स्योरेन्सका चार सञ्चालकको पदावधि थपियो, अध्यक्षमा पाण्डे यथावत

२०८३ साउन ५

सिटिजन लाइफ इन्स्योरेन्सका चार सञ्चालकको पदावधि थपियो, अध्यक्षमा पाण्डे यथावत
सिटिजन लाइफ इन्स्योरेन्सका चार सञ्चालकको पदावधि थपियो, अध्यक्षमा पाण्डे यथावत

काठमाडौं। सिटिजन लाइफ इन्स्योरेन्सका चार जना सञ्चालकको पदावधि थपिएको छ।

Vigo
GBIME
Tata

संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्दै आएका सञ्चालकहरु प्रदीपजंग पाण्डे, सुमित कुमार अग्रवाल, मनोज कार्की र महेश स्वांरको पदावधि आगामी साधारण सभा सम्पन्न नभएसम्मका लागि थपिएको हो।

उनीहरुको चार वर्षे पदावधि बुधबार सकिंदैछ। त्यही कारण सञ्चालक समितिले पदावधि थप्ने तथा पाण्डेलाई नै अध्यक्षतामा निरन्तरता दिने निर्णय गरेको हो। साधारण सभा सम्पन्न गर्न समय लाग्ने भएकोले म्याद थप्ने निर्णय गरेको कम्पनीले जनाएको छ।