काठमाडौं । लक्ष्मी सनराइज बैंकले साउन १४ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो।
बैंकले वार्षिक ७ प्रतिशत ब्याजर भएको १० वर्षे अवधिको ‘७ प्रतिशत लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्कासन गर्ने भएको हो।
कुल निष्कासन मध्ये ६० प्रतिशतले हुन आउने १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने बिक्री प्रबन्धकले जनाएको छ।
बाँकी ४० प्रतिशतले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ। सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्र मध्ये ५ प्रतिशत सामूहिक लगानी कोषलाई वितरण गरिनेछ। लगानीकर्ताले ऋणपत्रमा २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ।
ऋणपत्र निष्कासन अवधि साउन १९ गतेसम्म कायम हुनेछ। त्यस अवधिमा माग अनुसार आवेदन नपरेमा साउन २८ गतेसम्म खुला रहने बिक्री प्रबन्धकले जनाएको छ। बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल छ।