BIZMANDU
www.bizmandu.com

डलरसँगै युरो र पाउण्ड पनि बढ्यो, आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

२०८३ साउन ५

डलरसँगै युरो र पाउण्ड पनि बढ्यो, आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
डलरसँगै युरो र पाउण्ड पनि बढ्यो, आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर


काठमाडौं। अघिल्लो दिनका तुलनामा अमेरिकी डलरको मूल्य बढेको छ। युरोपियन युरो र पाउण्ड स्टर्लिङ पनि बढेका छन्। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा पनि बढोत्तरी छ।

Tata
GBIME

नेपाल राष्ट्र बैंकका अनुसार मंगलबारका लागि १ अमेरिकी डलर खरिद दर १५४ रुपैयाँ २ पैसा र बिक्री दर १५४ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ। सोमबार खरिद दर १५३ रुपैयाँ ७६ पैसा र बिक्री दर १५४ रुपैयाँ ३६ पैसा थियो।

युरोपियन युरोको खरिद दर १७६ रुपैयाँ ३ पैसा र बिक्री दर १७६ रुपैयाँ ७२ पैसा भएको छ। सोमबार खरिद दर १७५ रुपैयाँ ८९ पैसा र बिक्री दर १७६ रुपैयाँ ५८ पैसा थियो। पाउण्ड स्टर्लिङ पनि बढेर खरिद दर २०७ रुपैयाँ ३२ पैसा र बिक्री दर २०८ रुपैयाँ १३ पैसा भएको छ। सोमबार खरिद दर २०६ रुपैयाँ ८८ पैसा र बिक्री दर २०७ रुपैयाँ ६८ पैसा थियो।

सुनको मूल्यमा २४ घण्टामा २६.२६ डलरको बढोत्तरी छ। सुन प्रति औंस ४०३०.३३ डलरले कारोबार भइरहेको छ। यस्तै चाँदी पनि १.३९ डलर महँगिदै प्रति औंस ५७.०३ डलर पुगेको छ।

डलर, युरो र पाउण्डसँगै विभिन्न देशका मुद्रा नेपाली रुपैयाँका तुलनामा बलियो भएका छन्। स्वीस फ्रयांकको खरिद दर १९० रुपैयाँ ५८ पैसा र बिक्री दर १९१ रुपैयाँ ३३ पैसा कायम भएको छ। सोमबार खरिद दर १९० रुपैयाँ ४४ पैसा र बिक्री दर १९१ रुपैयाँ १८ पैसा थियो।

अष्ट्रेलियन डलरको खरिद दर १०७ रुपैयाँ ७८ पैसा र बिक्री दर १०८ रुपैयाँ २० पैसा भएको छ। सोमबार खरिद दर १०७ रुपैयाँ ३६ पैसा र बिक्री दर १०७ रुपैयाँ ७८ पैसा थियो। क्यानेडियन डलरको खरिद दर १०९ रुपैयाँ ७७ पैसा र बिक्री दर ११० रुपैयाँ २० पैसा भएको छ। सोमबार खरिद दर १०९ रुपैयाँ ६६ पैसा र बिक्री दर ११० रुपैयाँ ९ पैसा थियो।

यस्तो छ आजको विनिमय दर

मुद्राएकाइखरिद दरबिक्री दर
भारतीय रुपैयाँ१००१६०.००१६०.१५
अमेरिकी डलर१५४.०२१५४.६२
युरोपियन युरो१७६.०३१७६.७२
पाउण्ड स्टर्लिङ२०७.३२२०८.१३
स्वीस फ्रयांक१९०.५८१९१.३३
अष्ट्रेलियन डलर१०७.७८१०८.२०
क्यानेडियन डलर१०९.७७११०.२०
सिंगापुर डलर११९.३०११९.७६
जापानी येन१०९.४८९.५२
चिनियाँ युआन२२.७६२२.८५
साउदी रियाल४१.०१४१.१७
कतारी रियाल४२.२५४२.४२
थाइ भाट४.५८४.६०
यूएई दिराम४१.९३४२.१०
मलेसियन रिंगिट३७.६३३७.७८
साउथ कोरियन वोन१००१०.३९१०.४३
स्वीडिश क्रोनर१५.९४१६.००
डेनिश क्रोनर२३.५५२३.६४
हङकङ डलर१९.६४१९.७२
कुवेती दिनार५००.७२५०२.६७
बहरेन दिनार४०८.३८४०९.९७
ओमानी रियाल४००.०३४०१.५९
स्रोत : नेपाल राष्ट्र बैंक