BIZMANDU
www.bizmandu.com

हिमालयन रि-इन्स्योरेन्सलाई दुई महिनापछि खुल्यो नयाँ व्यवसाय गर्ने बाटो

२०८३ साउन ४

हिमालयन रि-इन्स्योरेन्सलाई दुई महिनापछि खुल्यो नयाँ व्यवसाय गर्ने बाटो
हिमालयन रि-इन्स्योरेन्सलाई दुई महिनापछि खुल्यो नयाँ व्यवसाय गर्ने बाटो


काठमाडौं। हिमालयन रि-इन्स्योरेन्समाथि नयाँ व्यवसाय गर्न लागेको प्रतिबन्ध दुई महिनापछि फुकुवा भएको छ।

Vigo
GBIME
Tata

सम्पत्ति शुद्धीकरणको अनुसन्धानपछि नेपाल बीमा प्राधिकरणको कारबाहीमा परेको हिमालय रि-इन्स्योरेन्सले अब नयाँ व्यवसाय गर्न पाउने भएको हो।

प्राधिकरणका कर्मचारीले थप अवधि व्यवसायमा रोक लगाउने निर्णय नभएकाले हिमालयन रिलाई नयाँ व्यवसाय गर्ने बाटो खुलेको बताएका छन्।

‘हिमालयन रिको नयाँ व्यवसायका विषयमा प्राधिकरणले यसअघि रोक लगाएकामा अहिले कुनै निर्णय गरेको छैन। त्यतिखेर असार मसान्तसम्मका लागि मात्रै रोक लगाइएको थियो,’ प्राधिकरणकी प्रवक्ता पुजन ढुंगेलले भनिन्।

प्राधिकरणले गत वैशाख मसान्तमा हिमालयन रिलाई असार मसान्तसम्म नयाँ व्यवसाय गर्न रोक लगाएको थियो।

कम्पनीको पैसा विवादास्पद व्यापारी दीपक भट्टको नाममा सेयर किनबेचका लागि प्रयोग गरिएको पाइएपछि प्राधिकरणले कारबाही गरेको थियो। पैसा दुरुपयोग सम्बन्धमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले वैशाख मसान्तमा दायर गरेको मुद्दा विचाराधीन छ।

हिमालयन रिलाई व्यवसाय गर्ने ढोका खुले पनि उसको बिजनेस भने सरकारले खोसेको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पुल सञ्चालनको जिम्मा नेपाल रि-इन्स्योरेन्सलाई दिने घोषणा गरेको छ।