BIZMANDU
www.bizmandu.com

सेयर बजार ह्वात्तै बढेर २७१३.४३ अंकमा, दुई दिनमै एक महिनायताकै उच्च विन्दुमा

२०८३ साउन ४

सेयर बजार ह्वात्तै बढेर २७१३.४३ अंकमा, दुई दिनमै एक महिनायताकै उच्च विन्दुमा
सेयर बजार ह्वात्तै बढेर २७१३.४३ अंकमा, दुई दिनमै एक महिनायताकै उच्च विन्दुमा

काठमाडौं। सेयर बजार एक महिना अघिको विन्दुमा पुगेको छ। नेप्से परिसूचक इन्ट्राडेमा सोमबार ३५.८९ अंकले बढेर २७१३.४३ विन्दुमा पुगेको छ।

Tata
GBIME

सोमबार कारोबार खुलेदेखि हरियाली लेखिएको बजार १२:२२ बजेमा ३३.४७ अंकले बढेको छ। पछिल्लो दुई कारोबार दिन बढेको सेयर बजारले लिएको उचाइ एक महिनायताकै धेरै हो। समाचार तयार पार्दासम्म २३० कम्पनीको सेयरमूल्य बढेको छ।

बजार यसअघि जेठ २९ गते २७२४ अंकमा थियो। चालु आर्थिक वर्षको पहिलो दिन आउनमा सेयर बजार सूचक ८० अंकले बढेको थियो।

प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्र सुधार र बजारको विकासका निजी क्षेत्रका प्रतिनिधिहरुसँग छलफल गरेपछि सेयर बजारमा पोजेटिभ रियाक्सन देखिएको हो।