BIZMANDU
www.bizmandu.com

कामना सेवा विकास बैंकले जारी गर्न थाल्यो एनसीएचएलको नेपालपे कार्ड

२०८३ साउन ४

कामना सेवा विकास बैंकले जारी गर्न थाल्यो एनसीएचएलको नेपालपे कार्ड
कामना सेवा विकास बैंकले जारी गर्न थाल्यो एनसीएचएलको नेपालपे कार्ड


काठमाडौं। कामना सेवा विकास बैंकले नेपालपे कार्ड जारी गर्न थालेको छ। बैंकले आफ्नो डिजिटल बैंकिङको सेवा विस्तार गर्ने उद्देश्य अनुरुप यो सेवा सुरु गरेको जनाएको छ।

Tata
GBIME

बैंकले आफ्ना ग्राहकहरूका लागि नेपालपे कार्ड जारी गर्नुका साथै देशभरका एटीएमहरूबाट नेपालपे कार्ड र डिस्कभरी नेटवर्कका अन्तर्राष्ट्रिय कार्डबाट पनि कारोबार गर्न सकिने भएको छ।

बैंकले अन्य कार्ड स्कीमहरूका साथै नेशनल पेमेन्ट स्विचअन्तर्गत संचालनमा रहेको नेशनल कार्ड स्कीम नेपालपे कार्ड पनि प्रदान गर्ने भएको छ।

एनसीएचएलले नेपालपे कार्डको व्यावसायिक रोलआउट सुरु गरेपछि अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ। बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली संचालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिन्छ।

साथै, रुपे कार्ड लगायत अन्तर्राष्ट्रिय डिस्कभर कार्डहरू पनि नेपालमा प्रयोग गर्न सकिने भएको छ। हालसम्म नेपालपेमा ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू आवद्ध भई रोलआउटको विभिन्न चरणमा छन्।

७ वटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड जारी गर्न सुरु गरिसकेका छन्। त्यस्तै, १० भन्दा बढी बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्डको अक्वायरिङ्ग सुरु गरिसकेका छन्।