BIZMANDU
www.bizmandu.com

बागमतीले पार गर्‍यो सतर्कता तह, पानीको सतह २.४१ मिटर मापन, उच्च सतर्कता अपनाउन आग्रह

२०८३ साउन ३

बागमतीले पार गर्‍यो सतर्कता तह, पानीको सतह २.४१ मिटर मापन, उच्च सतर्कता अपनाउन आग्रह
बागमतीले पार गर्‍यो सतर्कता तह, पानीको सतह २.४१ मिटर मापन, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं। लगातारको वर्षाले काठमाडौंमा बागमती नदीमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगेको छ। गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Tata
GBIME

विभागले जलसतहले सतर्कता तह पारे गरेकाले तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार गौरीघाटमा बागमती नदीको पानीको सतह २.४१ मिटर पुगेको छ। त्यहाँ सतर्कता तह २.१ मिटर माथि हो। वर्षा नरोकिएकाले नदीमा बहाव बढ्दो क्रममा छ।

विभागका बाढीविद् विनोद पराजुलीले बागमती नदीमा पानीको सतह २.७ मिटर पुगेमा खतरा मानिने बताए। ‘हाल नदीमा बहाव बढिरहेको छ। गौरीघाट क्षेत्रमा सतर्कता तह पार भइसकेको छ। त्यसैले नदी आसपासका डुबान हुने स्थानका बासिन्दाले सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउनुपर्छ,’ उनले भने।