BIZMANDU
www.bizmandu.com

नारायणगढ-मुग्लिन-काठमाडौं सडकमा राति १० बजेदेखि सवारीसाधन चलाउन निषेध

२०८३ साउन ३

नारायणगढ-मुग्लिन-काठमाडौं सडकमा राति १० बजेदेखि सवारीसाधन चलाउन निषेध
नारायणगढ-मुग्लिन-काठमाडौं सडकमा राति १० बजेदेखि सवारीसाधन चलाउन निषेध

काठमाडौं। नारायणगढ-मुग्लिन-काठमाडौं सडकमा आइतबार राति १० बजेदेखि सवारीसाधन चलाउन निषेध गरिएको छ।

Tata
GBIME

लगातार वर्षा भइरहेको र थप वर्षाको पूर्वानुमानका कारण जिल्ला प्रशासन कार्यालय चितवनले राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म सबै प्रकारका सवारीसाधनको आवागमन निषेध गरेको हो।

रातिको समयमा सवारी सञ्चालन गर्दा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आवागमन रोक्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।