BIZMANDU
www.bizmandu.com

ओलीले पार्टीका सांसदसामु भने- धक्का खाएको अवस्थामा मनोबल बलियो हुँदैन, अब सडक संघर्ष गर्छौं

२०८३ साउन ३

ओलीले पार्टीका सांसदसामु भने- धक्का खाएको अवस्थामा मनोबल बलियो हुँदैन, अब सडक संघर्ष गर्छौं
ओलीले पार्टीका सांसदसामु भने- धक्का खाएको अवस्थामा मनोबल बलियो हुँदैन, अब सडक संघर्ष गर्छौं

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनमा बेहोरेको धक्काबाट बाहिर आउन पार्टीले सडक आन्दोलन गर्ने सोचिरहेको बताएका छन्।

Tata
GBIME

उनले संसदीय कामलाई प्रभावकारी बनाउने विषयमा आइतबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा धक्का खाएको अवस्थामा मनोबल कमजोर हुनु स्वाभाविक भन्दै अब सडक आन्दोलनलाई उठाउनुपर्ने बताए।

‘हामीले धक्का खाएका छौं। धक्का खाएको अवस्थामा कसैको मनोबल एकदम बुलन्द भएर बढेको हुँदैन। धक्का परेपछि त अलिकति चोट त लाग्ने नै भयो नि। पिर त पर्ने नै भयो नि। अलि ठूलो धक्का पर्‍यो भने त लड्छ। सडक आन्दोलनलाई पनि अहिले त्यस धक्काको असर छ। त्यसलाई पनि उठाउनुपर्नेछ। पार्टीले त्यस दिशामा ध्यान दिइरहेको छ,’ उनले भने।

ओलीले अहिलेको राजनीति परिभाषाबिहीन, दिशाबिहीन र थितिबिहीन भएको बताए।