BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले उकालो लाग्यो, चाँदी पनि महँगियो

२०८३ साउन ३

सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले उकालो लाग्यो, चाँदी पनि महँगियो
सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले उकालो लाग्यो, चाँदी पनि महँगियो

काठमाडौं। साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा १ हजार ९ सय रुपैयाँले वृद्धि भएको छ।

GBIME
Tata

नेपाल सुनचादी व्यवसायी महासंघका अनुसार आइतबार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ८४ हजार रुपैयाँ निर्धारण भएको छ।

शुक्रबार सुन तोलामा ३ हजार १ सय रुपैयाँले घटेर प्रति तोला २ लाख ८२ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य आइतबार तोलामा ४० रुपैयाँ वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रति तोला ४ हजार २ सय ४० रुपैयाँ कायम भएको छ।

शुक्रबार चाँदीको भाउ प्रति तोला ४ हजार २ सय रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रति औंस ४०१७.५१ डलर रहेको छ। चाँदी प्रति औंस ५५.९ डलर छ।