BIZMANDU
www.bizmandu.com

फर्स्ट माइक्रोफाइनान्सको नाफा ७३.६३ प्रतिशतले बढ्यो, कति पुग्यो लाभांश क्षमता?

२०८३ साउन ३

फर्स्ट माइक्रोफाइनान्सको नाफा ७३.६३ प्रतिशतले बढ्यो, कति पुग्यो लाभांश क्षमता?
फर्स्ट माइक्रोफाइनान्सको नाफा ७३.६३ प्रतिशतले बढ्यो, कति पुग्यो लाभांश क्षमता?


काठमाडौं। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नाफा बढेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथौ त्रैमासम्ममा लघुवित्तको नाफा ७३.६३ प्रतिशतले बढेर १९ करोड ७ लाख पुगेको छ।

GBIME
Tata

अघिल्लो आर्थिक वर्ष उक्त अवधिमा लघुवित्तले १० करोड ९८ लाख रुपैयाँ थियो। कष्ट अफ फण्डमा कमी भई ब्याज आम्दानी बढ्दा नाफामा सुधार भएको हो।

चौथौ त्रैमाससम्म लघुवित्तले २२ करोड ७४ लाख ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष ब्याज आम्दानी २१ करोड १६ लाख रुपैयाँ थियो।

लघुवित्तको खराब कर्जा भने ३.८४ प्रतिशतबाट सुधार भई २.८८ प्रतिशतमा झरेको छ। नाफा बढ्दा प्रति सेयर आम्दानी बढेर १४.१८ रुपैयाँ पुगेको छ।

संस्थाको पुँजीकोष अनुपात भने निकै राम्रो देखिएको छ। चौथौ त्रैमाससम्म लघुवित्तको पुँजीकोष अनुपात ३५.४३ प्रतिशत छ। कष्ट अफ फण्ड ४.७५ प्रतिशतमा झरेको छ।

असार मसान्तसम्म लघुवित्तको वितरणयोग्य मुनाफा १३ करोड ६१ लाख रुपैयाँ छ। यसलाई आधार मान्दा लघुवित्तको लाभांश १०.१३ प्रतिशत छ।