BIZMANDU
www.bizmandu.com

इङ्ग्ल्याण्ड र फ्रान्सको ‘गोलवर्षामा’ तोडियो पेलेको ५६ वर्ष पुरानो कीर्तिमान

२०८३ साउन ३

इङ्ग्ल्याण्ड र फ्रान्सको ‘गोलवर्षामा’ तोडियो पेलेको ५६ वर्ष पुरानो कीर्तिमान
TOPSHOT - France's forward #11 Michael Olise falls on the field fighting for the ball during the 2026 World Cup football tournament semi-final match between France and Spain at the Dallas Stadium in Arlington on July 14, 2026. (Photo by FRANCK FIFE / AFP)


काठमाडौं। फ्रान्सका मिडफिल्डर माइकल ओलिसेले फिफा विश्वकप २०२६ मा ऐतिहासिक कीर्तिमान बनाएका छन्।

Tata
GBIME

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरिरहेका ओलिसेले एकै संस्करणमा सबैभन्दा धेरै असिस्ट गर्ने खेलाडी बन्दै ब्राजिली महान् फुटबलर पेलेको ५६ वर्ष पुरानो रेकर्ड तोडेका हुन्।

इंग्ल्यान्डविरुद्धको सेमिफाइनलमा कप्तान किलियन एम्बाप्पेका दुवै गोलमा असिस्ट गरेसँगै ओलिसेको यस विश्वकपमा असिस्ट संख्या ७ पुगेको छ। यससँगै उनले सन् १९७० को मेक्सिको विश्वकपमा पेलेले बनाएको ६ असिस्टको कीर्तिमानलाई पछि पारे।

विश्वकपको एकै संस्करणमा ७ असिस्ट गर्ने उनी पहिलो खेलाडी बनेका छन्। ओलिसेको उत्कृष्ट ‘क्रिएटिभ’ खेल, सटीक पास र एम्बाप्पेसँगको तालमेलले फ्रान्सले विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भयो।

यद्यपि, समग्र विश्वकप इतिहासमा सर्वाधिक असिस्ट गर्ने कीर्तिमान भने अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सीको नाममा छ। मेस्सीले आफ्नो विश्वकप करिअरमा कुल १२ असिस्ट गरेका छन्। २४ वर्षीय ओलिसेले ७ असिस्ट पुर्‍याएसँगै त्यो कीर्तिमानभन्दा अब ५ असिस्ट मात्र पछाडि छन्।

यदि उनले सन् २०३० को विश्वकप पनि खेले भने, त्यसबेला उनी २८ वर्षका मात्र हुने भएकाले मेस्सीको सर्वकालीन कीर्तिमानलाई चुनौती दिने सम्भावना पनि बलियो देखिएको छ।