BIZMANDU
www.bizmandu.com

अविरल वर्षाले मुख्य राजमार्गमा अवरोध र सवारी सञ्चालनमा रोक, यस्तो छ पछिल्लो अवस्था?

२०८३ साउन २

अविरल वर्षाले मुख्य राजमार्गमा अवरोध र सवारी सञ्चालनमा रोक, यस्तो छ पछिल्लो अवस्था?
अविरल वर्षाले मुख्य राजमार्गमा अवरोध र सवारी सञ्चालनमा रोक, यस्तो छ पछिल्लो अवस्था?


काठमाडौं। अविरल वर्षाका मुलुकभरका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। केही राजमार्ग सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको छ। विपी राजमार्ग, कान्ति लोकपथ, मेची राजमार्ग, अरनिको राजमार्ग तथा कालीगण्डकी करिडोर सडकलगायत अवरुद्ध तथा सवारी सञ्चालनमा रोक लगाइएको हो।

Tata
GBIME

पछिल्लो अपडेट अनुसार विपी राजमार्गमा सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ। यस्तै कान्ति लोकपथमा वर्षातका कारण सबै किसिमका सवारी साधनहरूलाई रातिको समयमा सञ्चालनमा रोक लगाइएको छ।कान्ति लोकपथका केही सडक पहिरोले अवरुद्ध समेत भएका छन्।

इलाममा मेची राजमार्ग पूर्णरुपमा अवरुद्ध छ। असार २३ गतेदेखि नै राजमार्ग अवरुद्ध रहेको छ। अर्घाखाँचीको सालझन्डी ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। असार २८ गतेदेखि ढोरपाटन सडकखण्डमा माथिबाट ढुङ्गा खसी बाटो पूर्ण रूपमा अवरुद्ध छ।

सिन्धुपाल्चोकमा अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। असार ३१ देखि भोटेकोसी गाउँपालिका ४ जिरो किलो सडकमा पहिरो खसी पूर्ण रूपमा अवरुद्ध छ।

बागलुङ कालीगण्डकी करिडोर समेत पूर्णरुपमा अवरुद्ध छ। साउन १ गतेदेखि जैमिनी नगरपालिका ८  बेलबगर सडक खण्डमा ढुङ्गा र माटोसहितको पहिरो खसी बाटो पूर्ण रूपमा अवरुद्ध छ।

यस्तै सम्भावित जोखिमका कारण इलामको मेची राजमार्ग, गोलाखर्क भन्ज्याङ इलाम-विर्तामोड झापा जोडनेलगायातका सम्पूर्ण सडक सञ्चालनमा पूर्ण रूपमा रोक लगाइएको छ।

साउन २ गते राति ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन आवागमनमा रोक लगाइएको हो।