BIZMANDU
www.bizmandu.com

धनगढीदेखि दार्चुला जाँदै गरेको बोलेरो डडेल्धुरामा दुर्घटना, दुईको मृत्यु तीन जना घाइते

२०८३ साउन २

धनगढीदेखि दार्चुला जाँदै गरेको बोलेरो डडेल्धुरामा  दुर्घटना, दुईको मृत्यु तीन जना घाइते
धनगढीदेखि दार्चुला जाँदै गरेको बोलेरो डडेल्धुरामा दुर्घटना, दुईको मृत्यु तीन जना घाइते


काठमाडौं। डडेल्धुराको अमरगढी-७ खर्स्यानखानमा शनिबार बिहान बोलेरो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्।

Tata
GBIME

प्रहरीका अनुसार धनगढीदेखि दार्चुला जाँदै गरेकोे सु.प.प्र.०१-००१ ज १८५० नम्बरको बोलेरो सडकबाट करिब ४ सय मिटर तल खसेको हो। मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल–१ का ४५ वर्षीय सगुन लोथ्याल र २८ वर्षीय हनु लोथ्याल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए।

दुर्घटनामा चालक बैतडी डिलासैनी-२ का २० वर्षीय अमृत घरेडी सामान्य घाइते भएका छन् भने दार्चुला मार्मा-३ का ५० वर्षीय अम्मर सिंह ठगुन्नाको टाउको र छातीमा चोट लागेको छ। दुवै जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा थप घाइतेको खोजी गर्ने क्रममा जिल्ला दार्चुला चोट लागेको अवस्थामा भेटिएकी अपिहिमाल-१ की ३५ वर्षीया सरस्वती लोथ्यालको पनि डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। उनको टाउको, कम्मर, छाती तथा दुवै खुट्टामा चोट लागेको छ। अवस्था मध्यम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।