BIZMANDU
www.bizmandu.com

सर्वसाधारणका लागि खुल्यो चिडियाखाना, पहिलो दिन नै घुइँचो (तस्विरहरु)

२०८३ साउन १

सर्वसाधारणका लागि खुल्यो चिडियाखाना, पहिलो दिन नै घुइँचो (तस्विरहरु)
सर्वसाधारणका लागि खुल्यो चिडियाखाना, पहिलो दिन नै घुइँचो (तस्विरहरु)

ललितपुर। जावलाखेलस्थित सदर चिडियाखाना शुक्रबारदेखि खुलेको छ।

Vigo
GBIME
Tata

केही जीवजन्तुमा बर्ड फ्लु संक्रमण पुष्टि भएपछि चिडियाखाना असार ५ गतेदेखि बन्द गरिएमा शुक्रबारबाट संचालनमा आएको हो। चिडियाखाना करिब एक महिनापछि खुलेकामा पहिलो दिन घुइँचो लागेको छ।

सर्वसाधारणको स्वास्थ्य सुरक्षालाई ध्यानमा अस्थायी रुपमा बन्द गरिएको चिडियाखाना सबै स्वास्थ्य प्रोटोकल अपनाएर संक्रमण निर्मूल भएको यकिन पश्चात फेरि संचालनमा ल्याइएको चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाले जानकारी दिए।