BIZMANDU
www.bizmandu.com

१ प्रतिशत शिक्षा सेवा शुल्कबाट उठ्यो ८० लाख, आजबाट ३ प्रतिशत लाग्दै

२०८३ साउन १

१ प्रतिशत शिक्षा सेवा शुल्कबाट उठ्यो ८० लाख, आजबाट ३ प्रतिशत लाग्दै
१ प्रतिशत शिक्षा सेवा शुल्कबाट उठ्यो ८० लाख, आजबाट ३ प्रतिशत लाग्दै


काठमाडौं। गत आर्थिक वर्ष २०८२/८३ मा १ प्रतिशत शिक्षा सेवा शुल्कबाट ७९ लाख ९० हजार रुपैयाँ संकलन भएको छ।

Tata
GBIME

यसलाई चालु आर्थिक वर्षबाट शिक्षा समता शुल्क बनाएर ३ प्रतिशत पुर्‍याइएको छ। ३ प्रतिशत विद्यार्थीबाट शिक्षण संस्थाले लिने सबै प्रकारका शुल्कमा लाग्ने आन्तरिक राजस्व विभागले जनाएको छ।

त्यसैगरी आजदेखि वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीहरूबाट पनि ३ प्रतिशत शिक्षा समता शुल्क असुल गरिने भएको छ। यसअघि २ प्रतिशत हुँदा गत आर्थिक वर्षमा ३ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ संकलन भएको थियो।

महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा दुवै गरेर ४ अर्ब ५ करोड संकलन भएको थियो। गत आर्थिक वर्षमा दुवै शीर्षकमा ४ अर्ब ७० लाख बराबर संकलन भएको छ।