BIZMANDU
www.bizmandu.com

हरित बैकिङ प्रवर्धनका लागि कुमारी बैंक र मिनर्जी इनिसियटिभ्सबीच रणनीतिक साझेदारी

२०८३ असार ३२

हरित बैकिङ प्रवर्धनका लागि कुमारी बैंक र मिनर्जी इनिसियटिभ्सबीच रणनीतिक साझेदारी
हरित बैकिङ प्रवर्धनका लागि कुमारी बैंक र मिनर्जी इनिसियटिभ्सबीच रणनीतिक साझेदारी


काठमाडौं। कुमारी बैंकले दिगो बैंकिङ अभ्यास प्रवर्धनका लागि मिनर्जी इनिसियटिभ्ससँग सम्झौता गरेको छ।

Tata
GBIME

बैंकले रणनीतिक परियोजनाका लागि मिनर्जी इनिसियटिभ्ससँग सम्झौता गरेको हो। बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी इनिसियटिभ्सका अध्यक्ष श्याम सुन्दर श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन्।

यो सम्झौताले लक्षित समुदायलाई बैंकको पहुँचमा पुग्न योग्य बनाउने र बैंकलाई पनि लक्षित समुदायअनुरुप क्षमता अभिवृद्धि गर्दै विभिन्न आयाममा सहकार्य गर्न सहयोग पुग्ने बैंकले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

‘अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीहरूबीचको खाडल कम गर्न समुदायको यथार्थ अवस्था र बैंकिङ जोखिमको ढाँचा दुवैलाई गहिरो रूपमा बुझ्ने एउटा सुदृढ पारिस्थितिक प्रणाली आवश्यक छ,’ बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले भने, ‘यो साझेदारीले क्षमता अभिवृद्धिका प्रयासलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ।’