BIZMANDU
www.bizmandu.com

दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त, सञ्चारमन्त्रीले क-कसलाई दिए जागिर?

२०८३ असार ३२

दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त, सञ्चारमन्त्रीले क-कसलाई दिए जागिर?
दूरसञ्चार प्राधिकरणमा चार सदस्य नियुक्त, सञ्चारमन्त्रीले क-कसलाई दिए जागिर?


काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको सदस्यमा चार जना नियुक्त भएका छन्। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले प्राधिकरणको सदस्यमा बिहीबार चार जनालाई नियुक्ति दिएका हुन्।

Tata
GBIME

लेखा तथा लेखापरीक्षणतर्फ क्षेत्रगोपाल प्रधान, प्राविधिक तथा प्रशासनतर्फ अनन्त मल्लिक, कानुनतर्फ निलमकुमार ओझा र बजार व्यवस्थापनतर्फ सुजिता श्रेष्ठले नियुक्ति पाएको मन्त्री तिमिल्सिनाको सचिवालययले जनाएको छ।

मन्त्रिपरिषद्को असार २४ गतेको बैठकले प्राधिकरणमा अर्जुन घिमिरेलाई अध्यक्ष नियुक्त गरेको थियो।

मन्त्री तिमिल्सिनाले प्राधिकरणको नयाँ नेतृत्वको निर्णय र कार्यशैलीले नेपालको दूरसञ्चार क्षेत्रको भावी दिशा निर्धारण गर्ने बताए।

उनले संस्थाको हित र जनहितभन्दा बाहिर गएर गरिने कुनै पनि काम सरकारका लागि स्वीकार्य नहुने बताउँदै कार्यसम्पादन सन्तोषजनक नभए सरकारले आवश्यक विकल्प खोज्ने चेतावनी पनि दिए।

नवनियुक्त सदस्यहरुले आफूहरूले कानुनसम्मत, पारदर्शी र इमानदार ढंगले जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरुले व्यक्तिगत स्वार्थभन्दा संस्थागत हितलाई प्राथमिकतामा राख्दै सामूहिक निर्णय प्रणालीलाई अवलम्बन गर्ने, सुशासनको मर्मअनुसार काम गर्ने तथा दूरसंचार क्षेत्रको विकास र नियमनलाई प्रभावकारी बनाउने प्रतिवद्धता जनाएका थिए।