BIZMANDU
www.bizmandu.com

सर्टसेलिङका लागि पूर्वाधारको काम अगाडि बढाउन सीडीएससी र नेप्सेलाई सेबोन अध्यक्षको निर्देशन

२०८३ असार ३२

सर्टसेलिङका लागि पूर्वाधारको काम अगाडि बढाउन सीडीएससी र नेप्सेलाई सेबोन अध्यक्षको निर्देशन
सर्टसेलिङका लागि पूर्वाधारको काम अगाडि बढाउन सीडीएससी र नेप्सेलाई सेबोन अध्यक्षको निर्देशन


काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पुँजी बजार नीति कार्यान्वयनका लागि नेपाल स्टक एक्सचेन्ज र सीडीएससीलाई कार्ययोजना तयार पारेर पेस गर्न निर्देशन दिएको छ।

Vigo
GBIME
Tata

सेबोन अध्यक्ष डा. गोपाल भट्टले आगामी आर्थिक वर्षको पुँजी बजार नीतिमा समावेश नेप्से र सीडीएससीसँग सम्बन्धित कार्यक्रम कार्यान्वयनको ठोस योजना पेस गर्न बिहीबार निर्देशन दिएका हुन्। उनले नेप्से र सीडीएससीका प्रतिनिधिलाई सेबोनमा डाकेका थिए।

भट्टले सर्टसेलिङका लागि पूर्वाधार बनाउन सेबोन सहजीकरण गर्ने भन्दै प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

‘अध्यक्षले बजार विकासका लागि नीतिमा समावेश कार्यक्रम कार्यान्वयनका लागि ठोस कार्ययोजना यथाशीघ्र पेस गर्न निर्देश गर्नुभएको छ,’ सेबोनले भनेको छ, ‘साथै सर्टसेलिङ सेवा सञ्चालनको व्यवस्था मिलाउनका लागि गर्नुपर्ने कानुनी सुधार तथा संरचनागत (जनशक्ति र प्रविधि)को आवश्यकता पहिचानसहित यथाशीघ्र कार्य अगाडि बढाउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न सबै प्रकारको सहजीकरणका लागि तयार भएको जानकारी गराउनुभएको छ।’

सेबोनले मंगलबार पुँजी बजार विकास मार्गचित्र र नीति ल्याएको थियो। पुँजी बजार नीतिमा नयाँ उपकरण तथा सेवा विविधीकरण गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ। छलफलमा नेप्सेबाट लिलाधर सुवेदी, मुराहरि पराजुली तथा सीडीएससीबाट कञ्चन सापकोटा र सुरेश न्यौपाने सहभागी थिए।