BIZMANDU
www.bizmandu.com

मन्त्रालयहरूको संगठन संरचना र दरबन्दी स्वीकृत, करारका कर्मचारी व्यवस्थापन गर्न के निर्णय भयो?

२०८३ असार ३२

मन्त्रालयहरूको संगठन संरचना र दरबन्दी स्वीकृत, करारका कर्मचारी व्यवस्थापन गर्न के निर्णय भयो?
मन्त्रालयहरूको संगठन संरचना र दरबन्दी स्वीकृत, करारका कर्मचारी व्यवस्थापन गर्न के निर्णय भयो?

काठमाडौं। सरकारले मन्त्रालयहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रालयहरूको संगठन संरचना र दरबन्दी स्वीकृत गरेको हो।

Tata
GBIME

मन्त्रालयहरुले असार पहिलो साता संगठन संरचना र दरबन्दी प्रधानमन्त्री कार्यालयमा बुझाएका थिए। सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाका अनुसार बैठकले करारमा कार्यरत कर्मचारीको व्यवस्थापन सम्बन्धी आवश्यक व्यवस्था स्वीकृत गरेको छ।

करारका कर्मचारीले आफूहरुलाई नहटाउन दबाबस्वरुप मंगलबार र बुधबार सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए।

मन्त्रिपरिषद्ले नीति अनुसन्धान प्रतिष्ठान विकास समिति गठन आदेशमा पहिलो संशोधन गरेको छ।