BIZMANDU
www.bizmandu.com

विद्युत प्राधिकरणमा तीन सञ्चालक नियुक्त, ऊर्जामन्त्री श्रेष्ठले रोजेकाहरु कस्ता ?

२०८३ असार ३२

विद्युत प्राधिकरणमा तीन सञ्चालक नियुक्त, ऊर्जामन्त्री श्रेष्ठले रोजेकाहरु कस्ता ?
विद्युत प्राधिकरणमा तीन सञ्चालक नियुक्त, ऊर्जामन्त्री श्रेष्ठले रोजेकाहरु कस्ता ?


काठमाडौं। ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले नेपाल प्राधिकरणमा ३ जना संचालक नियुक्त गरेका छन्। उनले सुनिल ढुंगेल, शम्भु केसी र प्रियंका अग्रवाललाई नियुक्त गरेका हुन्।

Tata
GBIME

ढुंगेल प्राधिकरणकै उपकार्यकारी निर्देशकबाट अवकाशप्राप्त कर्मचारी हुन्। उनले अहिले एक व्यावसायिक समूहसँग निकट रहेर ऊर्जा सम्बन्धी काम हेरिरहेका छन्। त्यो व्यावसायिक संस्थाका केही संचालकसँग उनको राम्रै सम्बन्ध रहेको स्रोतले बतायो।

केसी शहरी विकास मन्त्रालयका पूर्वकर्मचारी हुन्। उनले अहिले एसियाली विकास बैंक र विश्व बैंकको कन्सल्ट्यान्टको रुपमा काम गर्दै आएका छन्। प्राधिकरणको सञ्चालक समितिले अब पूर्णता पाएको छ।

सरकारले गत वैशाख तेस्रो साता अध्यादेश ल्याएर प्राधिकरणका संचालकलाई बर्खास्त गरेको थियो।

सञ्चालक समितिबाट निर्णय गर्नका लागि अनिवार्यरुपमा बहुमत संचालक चाहिने भएपछि मन्त्री श्रेष्ठले बैशाख ३० गते दुई जना नियुक्त गरेका थिए।

त्यसबेला निजी क्षेत्रको प्रतिनिधिका रुपमा काठमाडौं महानगरपालिका-१५ निवासी अंशुकिरण शाहीलाई नियुक्त गरिएको थियो। शाही मन्त्री श्रेष्ठको सचिवालयमा कार्यरत छन्।

त्यस्तै, उपभोक्ताका तर्फबाट नार्गाजुन नगरपालिका-५ निवासी कृष्ण बसेललाई नियुक्त गरिएको थियो। ऊर्जामन्त्री अध्यक्ष रहने सञ्चालक समितिमा ऊर्जा सचिव सरिता दवाडी र अर्थ सचिव घनश्याम उपाध्याय सदस्य छन्।