काठमाडौं। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ वटा फर्मलाई जरिवाना गरेको छ।
विभागले ललितपुरको सानेपास्थित भण्डारी सेकुवा एन्ड हस्पिटालिटी र पुल्चोकस्थित हंगर क्रन्चलाई कारबाही गरेको हो।
भण्डारी सेकुवालाई १० हजार र हंगर क्रन्चलाई ५ हजार रुपैयाँ जरिवाना गरेको विभागले जनाएको छ।
विभागले काठमाडौंको गैरीधारास्थित ढुंगे घर रेष्ट्रो एण्ड बार र जमलस्थित लियो फेसन वेयरसँग व्यवसायसँग सम्बन्धित कागजात मागेको छ। विभागले यी दुई फर्मलाई ३ दिनभित्र उपस्थित हुन भनेको छ।