BIZMANDU
www.bizmandu.com

सेयर बजारले १ वर्षमा गुमायो १४५ अंक, बालेन प्रधानमन्त्री बनेपछि ३६३ अंकले ओरालो

२०८३ असार ३२

सेयर बजारले १ वर्षमा गुमायो १४५ अंक, बालेन प्रधानमन्त्री बनेपछि ३६३ अंकले ओरालो
सेयर बजारले १ वर्षमा गुमायो १४५ अंक, बालेन प्रधानमन्त्री बनेपछि ३६३ अंकले ओरालो


काठमाडौं। पछिल्लो एक वर्षमा सेयर बजार सूचक १४५ अंकले घटेको छ। गत आर्थिक वर्षको अन्त्यसँगै नयाँ वर्षको पहिलो महिनामा उचाइ लिएको बजार त्यसपछि जेनजि आन्दोलन र नयाँ सरकार बनेपछि ओरालो लागेको हो।

Vigo
GBIME
Tata

नेप्से परिसूचक पोहोर असार ३२ गते २७४२ अंकमा रहेकामा साउन १३ गते ४ वर्षयताकै उच्च ३००२ विन्दुमा पुगेको थियो।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि राजनीतिक अनिश्चितताका कारण सूचक असोज ३० गते २४८७ अंकमा आयो। असोजदेखि फागुन पहिलो सातासम्म एकै लयमा रहेको बजार प्रतिनिधि सभाको निर्वाचनपछि उकालो लागेर चैत १० गते २९६० अंकमा पुगेकामा बालेन्द्र शाह प्रधानमन्त्री बनेयता बियरिस भएको छ।

बालेनले सरकारको नेतृत्व सम्हालेकोको साढे तीन महिनामा नेप्से ३६३ अंक घटेको छ भने यो अवधिमा लगानीकर्ताले करिब ६ खर्ब रुपैयाँ गुमाएका छन्। पछिल्लो तीन महिनायता सेयर कारोबार दैनिक १० अर्ब रुपैयाँ माथि जान सकेको छैन।

बैंकिङ प्रणालीमा उच्च तरलता र ब्याजदर इतिहासकै न्यून हुँदा समेत लगानीकर्तामा सरकारले विश्वास बढाउन नसक्दाको असर बजारमा देखिएको हो।