काठमाडौं । काठमाडौंमा जगन्नाथ रथयात्रा गरिएको छ। आज दरबारमार्ग, न्यूरोड लगायत राजधानीका विभिन्न स्थान हुँदै रथलाई परिक्रमा गराइएको छ।
हरेक वर्षको भारतमा जगन्नाथको रथयात्रा गर्ने प्रचलन छ। ओडिसामा हुने रथयात्रामा हजारौं मानिस सहभागी हुन्छन्। पछिल्लो केही दशकयता भने नेपालमा पनि हरेक वर्ष असार महिनामा जगन्नाथको रथयात्रा आयोजना हुँदै आएको छ।
आज पनि नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)ले यो रथयात्रा आयोजना गरेको हो।
रथयात्रासँगै भजनकीर्तन, साँस्कृतिक झाँकी तथा नृत्य आयोजना गरिएको थियो। रथयात्रासँगै भगवान जगन्नाथलाई विभिन्न परिकार चढाइएको थियो।











