BIZMANDU
www.bizmandu.com

सेयर किनबेचमा बढाइएको पुँजीगत लाभकर भोलिदेखि लागू हुने, लगानीकर्ताले तिर्नुपर्नेछ १० प्रतिशत

२०८३ असार ३२

सेयर किनबेचमा बढाइएको पुँजीगत लाभकर भोलिदेखि लागू हुने, लगानीकर्ताले तिर्नुपर्नेछ १० प्रतिशत
सेयर किनबेचमा बढाइएको पुँजीगत लाभकर भोलिदेखि लागू हुने, लगानीकर्ताले तिर्नुपर्नेछ १० प्रतिशत


काठमाडौं। सरकारले सेयर कारोबारबापत नाफामा लाग्दै आएको पुँजीगत लाभकरमा बढाएको दर शुक्रबारदेखि लागु हुने भएको छ।

Tata
GBIME

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पुँजीगत लाभकर बढाएकामा शुक्रबारदेखि कार्यान्वयनमा आउने भएको हो।

सरकारले सेयर होल्डिङ अवधिका आधारमा पुँजीगत लाभकरको सीमा बजेटमार्फत बढाएको छ। लगानीकर्ताले १ वर्षभन्दा कम अवधिमा सेयर किनबेचबाट प्राप्त गर्ने नाफामा अब १० प्रतिशत कर तिर्नुपर्ने छ।

हालसम्म एक वर्षभन्दा कम अवधिसम्म सेयर होल्ड गरेर नाफा आर्जन गर्नेहरुले ७.५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था थियो।

वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत एक वर्षभन्दा बढी अवधि सेयर होल्ड गरेर बिक्री गर्ने लगानीकर्ताले तिर्ने पुँजीगत लाभकर पनि बढाएका छन्। हालसम्म ५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका लगानीकर्ताले शुक्रबारदेखि ७.५ प्रतिशत तिर्नुपर्ने छ।

सरकारले सेयर कारोबारमा लाग्ने पुँजीगत लाभकर बढाए पनि अन्तिम हुने घोषणा गरेको छ। यसअघि यस्तो घोषणा नहुँदा लगानीकर्ता त्रसित थिए।