BIZMANDU
www.bizmandu.com

सिटिजन्स बैंकले सातवटै प्रदेशमा आयोजना गर्‍यो वित्तीय साक्षरता कार्यक्रमहरू

२०८३ असार ३२

सिटिजन्स बैंकले सातवटै प्रदेशमा आयोजना गर्‍यो वित्तीय साक्षरता कार्यक्रमहरू
सिटिजन्स बैंकले सातवटै प्रदेशमा आयोजना गर्‍यो वित्तीय साक्षरता कार्यक्रमहरू


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले आम सर्वसाधारणमाझ वित्तीय सचेतना जगाउन चालु आर्थिक वर्ष २०८२/८३ मा ७ वटै प्रदेशका शाखामार्फत वित्तीय साक्षरता कार्यक्रमहरू संचालन गरेको छ।

Tata
GBIME

बैंकले कोशी प्रदेशका २०, मधेश प्रदेशका २१, बाग्मती प्रदेशका ४३, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम प्रदेशका १० शाखामार्फत वित्तीय साक्षरता कार्यक्रमहरू संचालन गरिएको जनाएको छ।

बैंकका अनुसार विभिन्न उमेर समूहका व्यक्तिहरू, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू र अन्य समूहका गरी १० हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गरिएको छ। कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्त्वको बारेमा विस्तृत प्रकाश पारिएको छ।

यससँगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैंकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराइएको बैंकले जानकारी दिएको छ। नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैंकिङ प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ।

यसबाट बैंकिङ्ग प्रणाली मजबुत हुने र सहभागी सम्पूर्णमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ।

साथै, बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको जनाएको छ। आफ्ना शाखा कार्यालयहरूमार्फत बैंकले विभिन्न सामुदायिक विद्यालय, स्थानीय स्वास्थ्य केन्द्र लगायत विभिन्न संघ संस्थालाई सहयोग प्रदान गरेको हो।

उक्त सहयोगअन्तर्गत बैंकको सार्केगाड शाखाले सार्केगाड गाउँपालिका-४ स्थित हिमज्योति माध्यमिक विद्यालयका बाल विकासदेखि कक्षा ८ सम्मका १९६ गरिब तथा जेहेन्दार बालबालिकाहरूलाई विद्यालय पोशाक तथा न्यानो स्वीटर उपलब्ध गराएको छ। बैंकका यी पहलहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ।