BIZMANDU
www.bizmandu.com

एभरेष्ट कलरको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबारका लागि ओपनिङ रेन्ज कति?

२०८३ असार ३२

एभरेष्ट कलरको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबारका लागि ओपनिङ रेन्ज कति?
एभरेष्ट कलरको आइपीओ नेप्सेमा सूचीकृत, पहिलो कारोबारका लागि ओपनिङ रेन्ज कति?

काठमाडौं। एभरेष्ट कलरको आइपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। नेप्से र कम्पनीबीच बिहीबार सूचीकरण सम्झौता भएको हो।

Vigo
GBIME
Tata

कम्पनीको ३० करोड रुपैयाँको ३० लाख कित्ता सेयर नेप्सेमा थपिएको छ। सूचीकृत सेयरमध्ये २६.३३ प्रतिशतले हुन आउने ७ लाख ९० हजार कित्ता सेयर आइपीओ हो। बाँकी २२ लाख १० हजार कित्ता सेयर संस्थापक हो।

संस्थापक सेयरमा तीन वर्षे लकइन अवधि लागू हुन्छ। यो अवधिमा कम्पनीका संस्थापक लगानीकर्ताले सेयर किनबेच गर्न पाउँदैनन्। आइपीओ भने शुक्रबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० देखि ३०० रुपैयाँसम्म ओपनिङ रेन्ज दिएको छ।