BIZMANDU
www.bizmandu.com

मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन, अबदेखि तीनवटा छुट्टाछुटै दस्तावेज प्रस्तुत गरिने

२०८३ असार ३१

मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन, अबदेखि तीनवटा छुट्टाछुटै दस्तावेज प्रस्तुत गरिने
मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन, अबदेखि तीनवटा छुट्टाछुटै दस्तावेज प्रस्तुत गरिने

काठमाडौं। मौद्रिक नीति तर्जुमा कार्यविधि संशोधन भएको छ। राष्ट्र बैंकले बुधबार मौद्रिक नीति तर्जुमा कार्यविधि दोस्रो संशोधन जारी गरेको छ।

Vigo
GBIME
Tata

दोस्रो संशोधनमा वार्षिक मौद्रिक नीतिलाई तीनवटा दस्तावेजसहित सार्वजनिक गरिने उल्लेख छ।

मौद्रिक नीति ल्याउँदा चालु आर्थिक वर्षको मौद्रिक नीतिमा भएका व्यवस्थाको समीक्षा र प्रगति विवरण, समष्टिगत आर्थिक स्थितिको विश्लेषण तथा आर्थिक सवालको विश्लेषणसहितको प्रतिवेदन र मौद्रिक नीति समीक्षाका लागि तयार पारिएको प्रारम्भिक ड्राफ्ट गरी तीनवटा दस्तावेज प्रस्तत गरिने राष्ट्र बैंकले जनाएको छ।

मौद्रिक नीति हरेक आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र र त्रैमासिक तथा अर्धवार्षिक समीक्षा हरेक त्रैमास समाप्त भएको ४५ दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।