BIZMANDU
www.bizmandu.com

वन्यजन्तुको आक्रमणबाट हुने क्षति कम गर्न अब बीमा, प्राधिकरणले जारी गर्‍यो नयाँ पोलिसी

२०८३ असार ३१

वन्यजन्तुको आक्रमणबाट हुने क्षति कम गर्न अब बीमा, प्राधिकरणले जारी गर्‍यो नयाँ पोलिसी
वन्यजन्तुको आक्रमणबाट हुने क्षति कम गर्न अब बीमा, प्राधिकरणले जारी गर्‍यो नयाँ पोलिसी


काठमाडौं। वन्यजन्तुको आक्रमणबाट हुने क्षतिका लागि नेपाल बीमा प्राधिकरणले नयाँ बीमा लेख जारी गरेको छ।

Tata
GBIME
Nepal Life

प्राधिकरणले ‘वन्यजन्तु जोखिम केन्द्रित बीमा लेख’ जारी गरेसँगै वन्यजन्तुको आक्रमणबाट हुने मानवीय तथा भौतिक क्षतिको न्यूनिकरणका लागि बीमा गर्न सकिने भएको छ।

प्राधिकरणले यसका लागि १५०० रुपैयाँ प्रिमियम तोकेको छ। यस्तो बीमा गरेपछि वन्यजन्तुको आक्रमणबाट भएको क्षति दुर्घटना खर्च, व्यक्तिगत दुर्घटना मृत्यु र पूर्ण अशक्तता भएमा १० लाख रुपैयाँ पाइनेछ।

यस्तै, अस्थायी पूर्ण अशक्तता भएमा ५ लाख, औषधि उपचार खर्च अन्तर्गत गम्भीर घाइते भएमा अधिकतम १ लाखसम्म र सामान्य घाइते भएमा अधिकतम २० हजारसम्म दाबी पाइनेछ।

घर तथा भौतिक संरचनामा क्षति भए ५ लाखसम्म, पशुधनको लागि १ लाख र कषि बालीमा ५० हजार रुपैयाँसम्म बीमाङ्क तोकिएको छ।

प्राधिकरणले १८ प्रकारका वन्यजन्तु तोकेको छ। बीमा लेख अनुसार हात्ती, गैंडा, बाघ, भालु,चितुवा, स्याल, मृग, ब्वाँसो,जङ्गली कुकुर, जङ्गली बँदेल, अर्ना, गोही, गौरीगाई, अजिङ्गर, नीलगाई, बाँदर, दुम्सी र कृष्णसारको आक्रमणबाट हुने क्षति कम गर्न बीमा गर्न सकिनेछ।