BIZMANDU
www.bizmandu.com

सेयर बजार परिसूचक १४ अंक बढेर २५९०.२९ विन्दुमा, ४ अर्ब १७ करोडको कारोबार

२०८३ असार ३१

सेयर बजार परिसूचक १४ अंक बढेर २५९०.२९ विन्दुमा, ४ अर्ब १७ करोडको कारोबार
सेयर बजार परिसूचक १४ अंक बढेर २५९०.२९ विन्दुमा, ४ अर्ब १७ करोडको कारोबार


काठमाडौं। सेयर बजार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक बुधबार १४ अंक बढेर २५९०.२९ विन्दुमा पुगेको छ। कारोबारमा आएका लगानी र म्युचुअल फण्ड बाहेकका उपसमूहले बजार बढाएका हुन्।

Tata
GBIME
Nepal Life

विकास बैंकको सूचक सबैभन्दा धेरै १.३७ प्रतिशत बढेको छ। सेयरमूल्य बढेका १९५ कम्पनीका लगानीकर्ताले कमाएका छन्। एनएमबि डिबेञ्जर सबैभन्दा धेरै ९.२० प्रतिशतले बढेको छ। नारायणी विकास बैंकको सेयरमूल्य ८.४० प्रतिशतले बढेको छ।

सेयरमूल्य घटेका ६० कम्पनीका लगानीकर्ताले गुमाएका छन्। १९ कम्पनीको सेयरमूल्य स्थिर रह्यो। घटेकामध्ये उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ७.३२ प्रतिशतले गुमाएका छन्। बुधबार बजार परिसूचक बढे पनि कारोबार रकम घटेको छ।

मंगलबार ८ अर्ब ४१ करोड रुपैयाँको सेयर किनबेच भएकामा बुधबार ४ अर्ब १७ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ। हिमालयन डिबेञ्जर सबैभन्दा धेरै ४४ करोड १० लाखको किनबेच भएको छ।

नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष डा. गोपाल भट्टले सेयर बजारका लागि ‘रेस्क्यु प्लान’ ल्याउने आश्वासन दिएसँगै बजार मंगलबारदेखि सुधारिएको हो। लगातार बजार घटेपछि लगानीकर्ता सेबोनको कार्यालय घेर्न पुगेका थिए। अध्यक्ष भट्टले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटेर तत्कालै उद्धार योजना ल्याउने आश्वासन दिएका थिए। मंगलबार नेप्से ६.११ अंकले बढेको थियो।