BIZMANDU
www.bizmandu.com

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ९१ दिनका लागि १ खर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव

२०८३ असार ३१

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ९१ दिनका लागि १ खर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव
राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ९१ दिनका लागि १ खर्ब रुपैयाँ उठाउँदै, माग्यो प्रस्ताव

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट १ खर्ब रुपैयाँ उठाउन लागेको छ। केन्द्रीय बैंकले यो रकम बोलकबोलमार्फत ९१ दिनका लागि उठाउन लागेको हो।

Vigo
GBIME
Tata

यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ।

राष्ट्र बैंकले साँवा तथा ब्याज असोज २८ गते भुक्तानी गर्नेछ। राष्ट्र बैंकले यसअघि निक्षेप संकलन उपकरणमार्फत खिचेको करिब ६ खर्ब ८४ अर्ब रुपैयाँ परिपक्व हुन बाँकी छ।