काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई सजाय निर्धारण गरेको छ।
सरकारी लिखित कीर्ते, ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरमा दोषी ठहर भएका उनीहरुलाई मंगलबार सजाय निर्धारण गरेको हो। न्यायाधीश तेजबहादुर खड्काको इजलासले सजाय निर्धारण गरेको हो।
अदालतले रायमाझीलाई चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। यस्तै खाणलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला अदालतले सुनाएको छ।
पूर्वसचिव टेकनारायण पाण्डेलाई पनि अदालतले चार वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ।
कसलाई कति सजाय



