काठमाडौं। सरकारले नेपाल वायुसेवा निगमका सञ्चालक महेश्वर भक्त श्रेष्ठलाई कार्यकारी अध्यक्ष नियुक्त गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले श्रेष्ठलाई कार्यकारी अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले केही दिनअघि श्रेष्ठसहित पाँच जनालाई निगमको सञ्चालक नियुक्त गरेका थिए।
सरकारले कार्यकारी अध्यक्षमा नियुक्ति दिएका श्रेष्ठ निगमका अवकाशप्राप्त कर्मचारी हुन्। उनले २०४९ सालमा अवकाशअघि निगममा कर्पोरेट, मार्केटिङ र कमर्सियल विभागको नेतृत्व गरेका थिए।
श्रेष्ठले कार्यकारीका रुपमा अब महाप्रबन्धकको पनि काम गर्नेछन्।